१९ बुँदे मागसहित राजधानीतर्फ पोखराका शेयर लगानीकर्ताहरु
काठमाडाैं | असार ५, २०७९
पोखराः पूँजीबजार सुधारको १९ बुँदे मागसहित पोखराका लगानीकर्ताहरु राजधानीमा अनशनरत आन्दोलदनकर्मीलाई ऐक्यबद्धता जनाउन आज त्यसतर्फ निस्किएका छन् ।
लगानीकर्ताहरुले यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीमा यही विषयबारे ध्यानाकर्षण गराएका थिए । राजधानीमा तिलक कोइरालाको अगुवाइमा पूँजीबजारको नीतिगत सुधारको लागि आन्दोलन जारी छ ।
शेयरबजारका लगानीकर्ताहरु नेपाल राष्ट्र बैँक नियमक निकाय धितोपत्र बोर्ड तथा नेप्सेको गलत नीतिका कारण पूँजी बजार प्रभावित भएकाले आफ्नो नीति सच्चाउनका लागि संघर्षमा उत्रनु परेको लगानिकर्ता लोकेन्द्र ढकालले बताए ।
शेयर धितो कर्जामा लगाएको ४ र १२ को सिमालाई संशोधन गर्नुपर्ने, सिडि रेशियो हटाएर सिसिडि रेशियो कायम गर्नुपर्ने, शेयर धितो कर्जाको जोखिम भार घटाउनुपर्ने, ब्रोकर कमिशन घटाउनु पर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने लगायतका १९ बुँदे माग राखेर देशभर आन्दोलन भइरहेको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

